परासी — निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन (प्याब्सन) नवलपरासीको अध्यक्षमा डम्बर गुरुङ चयन भएका छ्न् ।
शनिबार पश्चिम नवलपरासीको बर्दघाटमा सम्पन्न १६ औँ जिल्ला अधिवेशनमार्फत गुरुङ सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । समितिको वरिष्ठ उपायक्षमा घुरहु यादव, उपाध्यक्षमा बालकृष्ण पंगेनी, सचिवमा अविनाश रेग्मी, कोषाध्यक्ष विष्णु चौधरी, सहसचिव कृष्ण शर्मा र सहकोषाध्यक्षमा शन्तबहादुर चौधरी सर्वसम्मत चयन भएको निर्वाचन समितिका सदस्य ईन्द्र गुरुङले बताए ।
समितिमा पालिकास्तरबाट पनि प्रतिनिधि चयन भएका छ्न् । जिल्ला अध्यक्ष गुरुदत्त पौडेलको अध्यक्षतामा भएको साधारणसभा तथा अधिवेशनको प्रमुख अतिथि प्याब्सनका केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले शैक्षिक गुणस्तर वृद्धिसँगै नयाँ प्रविधिसँग प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनतर्फ ध्यान दिनुपर्ने बताए ।
