दम्पतीको नाक काटेको आरोपमा नेकपा बहुमतका जिल्ला सेक्रेटरी पक्राउ

पुस १८, २०८१

दुर्गालाल केसी

The district secretary of CPN majority was arrested on the charge of cutting the nose of a couple

काठमाडौँ — घोराहीको एक दम्पतीको नाक काटिदिएको आरोपमा नेकपा बहुमतका जिल्ला सेक्रेटरी अमर खड्का पक्राउ परेका छन् ।

घोराही उमहानगरपालिका–१५, बीपी चोक निवासी ५८ वर्षीय धर्मबहादुर बस्नेत र उनकी श्रीमती ५७ वर्षीया माधवा बस्नेतलाई गत मंसिर ६ गते घोराही–१५, ओमशान्ति टोलस्थित सडकमा हिँडिरहेको बेला नाकमा धारिलो हतियार प्रहार गरी घाइते बनाइएको थियो । उक्त घटनापछि फरार रहेका खड्काविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा जिल्ला प्रशासन कार्यालयबाट पक्राउ अनुमति लिई खोजी गरिरहेकोमा बुधबार घोराही–१९ मा फेला पारिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी ईश्वर थापाले बताए । उनलाई नियन्त्रणमा राखी थप अनुसन्धान गरिरहेको थापाले जानकारी दिए । 

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully