भारतीय नम्बर प्लेटको जिप दुर्घटनामा ६ घाइते 

पुस १७, २०८१

माधव अर्याल

6 injured in jeep accident with Indian number plates

पाल्पा — पाल्पाको बगनासकाली गाउँपालिका–३, आर्यभन्ज्याङ नजिकै भएको भारतीय नम्बर प्लेटको जिप दुर्घटनामा ६ जना घाइते भएका छन् । 

पोखराबाट बुटवलतर्फ जाँदै गरेको बिआर २२ विडी २०२३ नम्बरको भारतीय नम्बर प्लेटको स्कर्पियो जिप बुधबार बेलुकी आर्यभन्ज्याङ र भालुखोलाको बीच जंगलमा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते अधिकांश भारतको बिहार प्रदेश मोतिहारीका रहेका ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी नायब निरीक्षक रामप्रसाद खनालले जानकारी दिए । घाइते सबैको उपचार लुम्बिनी मेडिकल कलेज प्रभासमा भइरहेको छ । 

घुम्ती सडकमा तीव्रगतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । दुर्घटनाग्रस्त जिप सडकभन्दा १५० मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ । 

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully