चिसोबाट जोगाउन ब्ल्यांकेट वितरण

पुस १५, २०८१

मनोज पौडेल

Distribution of blankets to protect against cold

कपिलवस्तु — बुद्ध जन्मस्थल लुम्बिनी आसपासमा बसोबास गर्ने विपन्न समुदायलाई न्याना ब्ल्यांकेट वितरण गरिएको छ ।

चिसो बढेसँगै जीवनयापन कष्टकर बनेपछि लुम्बिनीस्थित रोयल थाई मोनास्ट्रीका भिक्षु कोविद् र थाई उपासक/उपासिकाले आइतबार झन्डै सय जनालाई ब्ल्यांकेट वितरण गरेका हुन् ।

तीन दिनदेखि यस क्षेत्रमा कठ्यांग्रिने जाडो बढेपछि यहाँको जनजीवन कष्टकर बनिरहेको छ ।

मनोज पौडेल

Link copied successfully