बर्दियामा मंसिरमा मात्र २ वटा बाघ र एउटा चितुवा मृत अवस्थामा भेटिए

पुस १४, २०८१

कमल पन्थी

Only 2 tigers and one leopard were found dead in Bardia in November

बर्दिया — डिभिजन वन कार्यालय,बर्दियाअन्तर्गत सामुदायिक वनमा गत मंसिर महिनामा मात्रै दुई पाटे बाघ र एउटा चितुवा मरेका छन् ।

गत मंसिर ५ गते मधुवन नगरपालिका–८ स्थित गणेश शिव सामुदायिक वनमा पाटे बाघको पोथी बच्चाको मृत्यु भएको छ ।

यसैगरी राजापुर नगरपालिका–४ शक्तिघाटनजिक पाटे बाघको पोथी बच्चा मंसिर २४ गते मृत अवस्थामा भेटिएको थियो ।

ती दुवै बच्चा आहारको कमीले मरेको प्रारम्भिक अनुसन्धानमा देखिएको डिभिजन वन कार्यालय,बर्दियाका प्रमुख विजयराज सुवेदीले बताए । गत मंसिर २१ गते चितुवा पनि मृत अवस्थामा जनशक्ति करेलिया सामुदायिक वन,बारबर्दियामा फेला परेको थियो । 

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully