दाङ — पूर्व-पश्चिम राजमार्गअन्तर्गत लमहीमा ट्रकसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
लमही नगरपालिका-७, पद्मिनी खोलानजिकै मंगलबार बिहान लु १ ख ९३५२ नम्बरको ट्रकसँग लु. प्र ०१-००२ प ११४८ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक लमही-४, भुरीपुरका २६ वर्षीय गणेश चौधरीको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका चौधरीलाई उपचारका लागि लमही अस्पताल पठाइएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी ईश्वर थापाले बताए । ट्रक चालक स्यारी गाउँपालिका-४, रूपन्देहीका २९ वर्षीय दीपेन्द्र राजभरलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको थापाले जानकारी दिए ।
