परासी — पश्चिम नवलपरासीमा एक महिनामा १ सय २६ जना फरार प्रतिवादी पक्राउ परेका छ्न् । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले फरार प्रतिवादी पक्राउ गर्ने अभियान नै चलाएर मंसिर ६ देखि पुस ६ गतेसम्ममा १ सय २६ जना फरार प्रतिवादी पक्राउ गरेर अदालतमा पेस गरेको हो ।
अदालतबाट कैद र जरिवाना फैसला भएर फरार भएका प्रतिवादी पक्राउ गरेर ४८ वर्ष १ महिना २७ दिन कैद र ३ लाख रुपैयाँ जरिवाना असुल गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजाराम यादवले बताए ।
चालू आर्थिक वर्षको पुस ५ गते सम्ममा ३ सय ४६ जना फरार प्रतिवादी पक्राउ गरेर अदालत पेस गरेको छ ।
