शैक्षिक र खेलकुद सामग्री वितरण

पुस ४, २०८१

कमल पन्थी

Distribution of educational and sports materials

बर्दिया — सशस्त्र सीमा सुरक्षा बल ३१ नम्बर गण बर्दियाले सिमावर्ती विद्यालयका विद्यार्थीका लागि शैक्षिक र खेलकुद सामग्री वितरण गरेको छ । 

बिहीबार गुलरिया नगरपालिका–८ स्थित बाल विद्या मन्दिर सुरजपुरका बालबालिकालाई सशस्त्र प्रहरी बलका एसपी चित्रांगत दाहाल, जिल्ला प्रहरी कार्यालयका एसपी केदार खनाल, सहायक प्रमुख जिल्ला अधिकारी रोशन कडायतलगायत वडाध्यक्ष धर्मेन्द्र बानियाँले उक्त सामग्री वितरण गरेका हुन् ।

सशस्त्र प्रहरी बलका एसपी दाहालका अनुसार भलिबल १ थान, फुटबल १ थान, ब्याटमिन्टन र्‍याकेट ४ थान, कर्क २ बट्टा, स्किपिङ रोप २ वटा रहेका छन् । 

यसैगरी, कपी ४८ दर्जन, पेन्सिल ५५ प्याकेट, इरेजर १० प्याकेट र कलर १० प्याकेट वितरण गरिएको छ । 

कमल पन्थी पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully