बर्दिया — प्रहरीले खैरो धुलो पदार्थजस्तो देखिने लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले भारतीय सीमा नाका बलैगाउँ हुँदै बर्दिया बढैयाताल गाउँपालिका–६ रानीपुरस्थित पैदल आइरहेको अवस्थामा शंका लागि जाच गर्दा १ ग्राम ८ सय मिलीग्राम उक्त पदार्थ फेला पारेको छ ।
जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डीएसपी ऋषिराम घर्तीमगरले पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका–७ का १९ वर्षीय बसन्त परियार र सोही बाँके डुडुवा गाउँपालिका–५ डलैपुरका १९ वर्षीय शिशिर सुनारलाई उक्त पदार्थसहित पक्राउ गरिएको बताए ।
पक्राउ परेका परियार र सुनारलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका भइरहेको डीएसपी घर्तीमगरले बताए । उक्त पदार्थ भारतको बलैगाउँ बजारबाट खरिद गरेको अनुसन्धानमा देखिएको प्रहरीले जनायो ।
