दाङ — दाङमा ट्रकको ठक्करबाट सोमबार बेलुका एक मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत लमहीबाट भालुबाङतर्फ जाँदै गरेको बा ४ ख २२६१ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको रा ८ प ४१४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते चालकलाई उपचारका लागि स्वास्थ्य चौकी भालुबाङ लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । मृतकको पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय भालुबाङले जानकारी दिएको छ ।
