बर्दियामा स्कुटर दुर्घटना : बाबुछोरीको मृत्यु

मंसिर ३०, २०८१

कमल पन्थी

Scooter accident in Bardiya: Father and daughter die

बर्दिया — स्कुटी दुर्घटनामा बाबुछोरीको मृत्यु भएको छ । आइतबार गुलरिया जिल्ला अस्पतालस्थित हुलाकी सडकमा रोकिइराखेको भे १ त ९०६२ नम्बरको ट्याक्टरमा बा ६८ प ७०३६ नम्बरको स्कुटी ठोक्किएर २ जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी केदार खनालका अनुसार दुर्घटनामा सप्तरीका ३२ वर्षका रामकुमार साह र छोरी ६ वर्षकी विद्याको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

एसपी खनालले साहका पत्नी र छोरा घाइते भएको बताएका छन् । उनीहरूको उपचार जिल्ला अस्पतालमा भइरहेको छ ।

स्कुटीमा चार जना सवार थिए । प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ ।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully