गोली हानी हत्या गरेको आरोपमा तीन जना पक्राउ

मंसिर २८, २०८१

नवीन पौडेल

Three people were arrested on the charge of shooting and killing

पश्चिम नवलपरासी — पश्चिम नवलपरासीमा गोली प्रहार गरेर मानिस हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । बिहीबार  साँझ ६ बजे  सुस्ता गाउँपालिका वडा नम्बर २ मुसहर टोलका  २३ वर्षीय रोहन महतोको गोली हानी हत्या गरेको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको हो ।

हत्यामा संलग्न रहेको भन्दै प्रहरीले स्थानीय  विशाल मुसहर,  मोहन थारु र  साहिल थारुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय नवलपरासीका  प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले बताए । पक्राउ परेकाहरूको साथबाट स्थानीय रुपमा तयार पारिएको एक थान पेस्तोल, २८  थान छर्रा,१२ वटा सलाई, तीन थान छर्रा राख्ने फ्रेम बरामद गरेको छ । पक्राउ परेका तीन जनालाई  ज्यानसम्बन्धी तथा हातहतियार खरखजना कसुरमा अनुसन्धान भइरहेको छ । 

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully