ब्राउन सुगरसहित दुई जना पक्राउ

मंसिर २३, २०८१

कमल पन्थी

Two arrested with brown sugar

बर्दिया — प्रहरीले खैरो धुलो पदार्थ जस्तो देखिने लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले भारतीय सीमा नाका बलैगाउँ हुँदै बर्दिया बढैयाताल गाउँपालिका–२ फुटाहास्थित साईकलमा आइरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा ३ सय ४० मिलिग्राम उक्त पदार्थ फेला पारेको हो ।

प्रहरीले बाँके कोहलपुर नगरपालिका–१५ चौधरिया गाउँका ३५ वर्षीय गणेश थारु र सोही ठाउँका २८ वर्षीय अभिमन्यु चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एंव डीएसपी ऋषिराम घर्ती मगरले जानकारी दिए ।

पक्राउ परेका थारु र चौधरीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको डीएसपी घर्ती मगरले बताए । उनीहरुले प्रयोग गरेको साइकलको हेण्डलको प्वालभित्र लुकाएर ल्याएको उक्त पदार्थ भारतको बलैगाउँ बजारबाट खरिद गरेको  अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ। 

कमल पन्थी पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully