कार र बस ठोक्किँदा दुई जनाको मृत्यु

मंसिर २२, २०८१

मनोज पौडेल

Two people died when a car and a bus collided

कपिलवस्तु — भैरहवा–तौलिहवा सडक खण्डअन्तर्गत शुद्धोधन गाउँपालिका–३, गुलरीमा बस र कार एकापसमा ठोक्किँदा कारमा सवार दुई जनाको मृत्यु भएको छ ।

भैरहवादेखि तौलिहवा आउँदै गरेको लु२ख २३१ नम्बरको बसले तौलिहवाबाट भैरहवा जाँदै गरेको बा१४च ७४४८ नम्बरको कारलाई शनिबार बिहान ठक्कर दिँदा कार चालक कपिलवस्तुको वाणगंगा नगरपालिका–४, हरिहरपुर बस्ने ४५ वर्षीय इन्द्रबहादुर सार्की र प्यूठानको पकला–७ बस्ने ४३ वर्षीय निमबहादुर सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र कार्कीले बताए । 

कारसँगै लु३८प ९१९९ नम्बरको मोटरसाइकल पनि बससँग ठोक्किएको थियो । दुर्घटनामा १४ जना घाइते भएका छन् । उनीहरूको अहिले विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

मनोज पौडेल

Link copied successfully