दाङमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु

मंसिर १७, २०८१

दुर्गालाल केसी

Motorcycle accident in Dang: One person died

दाङ — मोटरसाइकल आपसमा ठोक्किँदा देउखुरीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका -३मजगाउँका ५० वर्षीय राजबहादुर चौधरी रहेको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ ।

दुर्घटनामा राप्ती गाउँपालिका-४ मौरीघाट निवासी ३६ बर्षीय बाबुराम चौधरी घाइते भएका छन् । उनको बुटवलमा उपचार भैरहेको छ । आइतबार राति गढवा गाउँपालिका -३ धैरेनीमा रा ६ प १७६२ र लु ६६ प ३८१५ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको थियो।

दुर्घटनाबाट गम्भीर घाइते राज बहादुरको लमही अस्पतालमा उपचारका क्रममा राती मृत्यु भएको हो । मृतक राजबहादुर र घाइते बाबुराम मोटरसाइकलमा सवार थिए । दुवै मोटरसाइकल चालकहरू सकुशल रहेको र उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

दुर्गालाल केसी केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully