घोराही–तुलसीपुर सडक खुल्यो

मंसिर १७, २०८१

दुर्गालाल केसी

Ghorahi-Tulsipur road opened

दाङ — सडक दुर्घटनामा परेका मृतकका आफन्तले अवरुद्ध गरेको घोराही–तुलसीपुर सडक खण्ड खुलेको छ ।

घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा १ ख १३८२ नम्बरको बसले शुक्रबार तुलसीपुर उपमहानगरपालिका–१८, डाँडागाउँमा दुर्घटना हुँदा तुलसीपुर–१८ दुधराशकी ३२ वर्षीया इन्द्रा थापाको मृत्यु भएपछि आफन्तले सोमबार अपरान्हदेखि सडक अवरुद्ध गरेका थिए ।

दुर्घटनामा घाइते थापाको उपचारका क्रममा आइतबार नेपालगन्ज नर्सिङ होममा मृत्यु भएको थियो । उपचार खर्च र क्षतिपूर्ति दिने सहमतिपछि बेलुकादेखि सडक खुलेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । बस अनियन्त्रित भएर पल्टिँदा २२ यात्रु घाइते भएका थिए ।

दुर्गालाल केसी केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully