बस दुर्घटनामा घाइते एक महिलाको मृत्यु

मंसिर १७, २०८१

दुर्गालाल केसी

A woman died after being injured in a bus accident

दाङ — तुलसीपुरमा बस दुर्घटनामा घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

प्रहरीका अनुसार तुलसीपुर उपमहानगरपालिका–१८ दुधराशकी ३२ वर्षीया इन्द्रा थापाको उपचारको क्रममा मृत्यु भएको हो ।

आइतबार दुर्घटनापछि घाइते भएकी उनलाई उपचारका लागि नेपालगञ्ज नर्सिङ होम पुर्‍याइएको थियो । घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा १ ख १३८२ नम्बरको बस शुक्रबार तुलसीपुर–१८, डााडागाउँमा दुर्घटना भएको थियो ।

बस अनियन्त्रित भएर पल्टिँदा २२ यात्रु घाइते भएका थिए । बस चालक घोराही उपमहानगरपालिका–१० का २८ वर्षीय मनोज चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । 

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully