रामग्रामबाट लागूऔषध ब्राउन सुगरसहित १ जना पक्राउ  

मंसिर १७, २०८१

नवीन पौडेल

1 person arrested with drug brown sugar from Ramgram

परासी — पश्चिम नवलपरासीको रामग्राम नगरपालिका १२ बाट ब्राउन सुगरसहित एक जना युवक पक्राउ परेका छ्न् । लागूऔषध विक्रीवितरण भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मार्दा  स्थानीय  दीपेन्द्र चौधरीको घरबाट १५ पुरिया ब्राउन सुगर बरामद गरेको हो । 

पक्राउ परेका चौधरी लाई जिल्ला अदालत परासी बाट सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डीएसपी रेशम बोहोराले बताए । 

नवीन पौडेल पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully