प्रहरी हिरासतमा थुनुवा मृत फेला

कार्तिक २०, २०८१

कान्तिपुर संवाददाता

Detainee found dead in police custody

कपिलवस्तु — प्रहरी हिरासतमा रहेका एक युवा मृत फेला परेका छन् । सुदूरपश्चिम ईलाका प्रहरी कार्यालय गणेशपुरको थुनुवा कक्षमा रहेका विजयनगर गाउँपालिका-५, ठकुरापुरका २३ वर्षीय नसरुद्दिन खाले आत्महत्या गरेका हुन् ।

मंगलबार बिहान साढे ५ बजेतिर शौचालय गएका उनी फलामको सरियामा लामो रुमाल (तौलिया)को पासो बनाएर झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । 

उनी जबर्जस्ती करणी मुद्दामा गत कात्तिक १५ गते पक्राउ परेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मोहनमणि अधिकारीले बताए । तिहार बिदा रहेकाले अदालतको सहमति लिएर उनलाई पक्राउ गरिएको थियो । उनलाई अदालतबाट म्याद थप गर्न ल्याउने प्रक्रिया हुँदा घटना भएको हो । 

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शवको पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल पठाइएको छ ।   

कान्तिपुर

Link copied successfully