बुटवल — बुटवलमा दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । गएराति बुटवल वडा नम्बर-१३ बेलबास चोकमा भएको सवारी दुर्घटनामा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका घर भई हाल बुटवल उपमहानगरपालिका- ११ देवीनगर बस्दै आएकी २७ वर्षीया सुष्मा श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।
शान्ति चोकस्थित पूर्व-पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु ८७ प ४५७३ नम्बरको स्कुटरलाई उत्तरबाट राजमार्गतर्फ आउँदै गरेको नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिँदा पुर्व बाट पश्चिम तर्फ जादै गरेको लु १ च ६७८३ नम्बरको जिपमा लु ८७ प ४५७३ नम्बरको स्कुटर अनियन्त्रित भई ठोक्किन पुगेको थियो ।
तीव्र गतिमा रहेको मोटरसाइकलको ठक्करबाट सुष्मा जिपको मुनि पुगेकी थिइन् । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
