दाङमा करेन्ट लागेर महिलाको मृत्यु

जेष्ठ १२, २०८१

दुर्गालाल केसी

Woman dies due to electrocution in Dang

दाङ — करेन्ट लागेर घोराहीमा एक महिलाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–३ बेलुवाकी ४५ वर्षीया जगन्या चौधरीको घरमा मोटर चलाउने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरीले जानकारी दिएको छ ।

शुक्रबार राति करेन्ट लागेर घाइते भएकी चौधरीको उपचारका क्रममा शनिबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully