करेण्ट लागेर घोराहीमा एकको मृत्यु

वैशाख ३१, २०८१

दुर्गालाल केसी

One died in Ghorahi due to electrocution

दाङ — करेन्ट लागेर घोराहीमा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा माण्डबी गाउँपालिका–२ तिराम प्युठानका २४ वर्षीय श्याम नेपाली रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

घोराही उपमहानगरपालिका–३ भानपुर चोकस्थित सञ्जीवनी मेडिकलको नयाँ भवनको छत ढलान गर्ने क्रममा आइतबार राति करेन्ट लागेर नेपालीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार करेन्ट लागेर घाइते भएका नेपालीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully