गर्मीका कारण नेपालगन्जमा विद्यालयहरूमा दिइएको बिदा तीन दिन थप 

जेष्ठ २४, २०८०

रुपा गहतराज

बाँके — बाँकेको नेपालगन्जमा गर्मीका कारण विद्यालयहरूमा दिइएको बिदा तीन दिन थप गरिएको छ । गर्मी अत्यधिक बढेपछि विद्यालयहरूमा दिइएको बिदा तीन दिन थप गरिएको हो  । नेपालगन्जको अधिकतम् तापक्रम ४० डिग्री सेल्सियस पुगेको छ ।

यसअघि, जेठ २१ गतेदेखि २३ गतेसम्म गर्मी बिदा गरिएकोमा २६ गते शुक्रबारसम्म थपिएको शिक्षा महाशाखाले जनाएको छ । बर्से बिदाबाट कट्टी हुने गरी बिदा थप गरिएको शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले जानकारी दिए  ।

थापाका अनुसार दिनप्रतिदिन गर्मी बढ्दै जाँदा पठनपाठनमा समस्या हुनुका साथै विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले विद्यालयहरूमा दिइएको बिदा तीन दिन थप गरिएको हो ।

साथै जेठ २८ गते आइतबारदेखि विद्यालय सञ्चालन गर्दा विद्यालय व्यवस्थापन समितिको निर्णय गरी बिहानी सत्रमा विद्यालय सञ्चालन गर्न नेपालगन्ज उपमहानगरपालिकाले निर्देशन दिएको छ ।  

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully