समन्वय समिति महासंघ लुम्बिनी अध्यक्षमा गुल्मीका खत्री 

पुस २३, २०७९

घनश्याम गौतम

रूपन्देही — जिल्ला समन्वय समितिमा निर्वाचित जनप्रतिनिधिहरुको भेलाले गुल्मीका द्रोणबहादुर खत्रीलाई जिल्ला समन्वय समिति महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । खत्री जिल्ला समन्वय समिति गुल्मीका प्रमुख हुन् ।

जिल्ला समन्वय समितिमा निर्वाचित देशभरका जनप्रतिनिधिहरुको भेला पोखरामा शनिबार भएको थियो । पोखरामै भएको लुम्बिनी प्रदेशका १२ जिल्लाका समन्वय समितिका जनप्रतिनिधिहरुले गुल्मीका प्रमुख खत्रीलाई अध्यक्षमा, रोल्पाका उपप्रमुख कर्मलाल परियारलाई उपाध्यक्षमा र अर्घाखाँचीका प्रमुख जीवनारायण कोइरालालाई सचिवमा चयन गरेको हो । 

पोखरामा प्रमुख, उपप्रमुख र महिला सदस्यहरुको भेला भएको थियो । भेलाले लुम्बिनी प्रदेश समितिका लागि १५ जना सदस्य पनि चयन गरेको खत्रीले बताए । खत्री नेपाली कांग्रेस लुम्बिनी प्रदेश समिति सदस्य एवं महासमिति सदस्य पनि हुन् ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully