तुलसीपुर उपमहानगरपालिका– १७ का वडाध्यक्षका उम्मेदवारको निधन

वैशाख २७, २०७९

दुर्गालाल केसी

दाङ — एमालेबाट तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको निधन भएको छ ।

मिर्गौला र कलेजोको बिरामी रहेका ५३ वर्षीय चौधरीको उपचारका क्रममा मंगलबार बिहान काठमाडौंमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । उनले यसअघिको कार्यकाल तुलसीपुर १७ को वडा सदस्य भएर काम गरेका थिए ।

चुनाव प्रचारकै क्रममा एक्कासि बिरामी परेपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully