बुटवल कोरोना अस्पतालमा थप २ जनाको मृत्यु 

वैशाख ३०, २०७८

अमृता अनमोल

बुटवल — बुटवलको कोरोना विशेष अस्पतालमा थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुने दुवैजना रुपन्देहीको तिलोत्तमा  नगरपालिकाका पुरुष रहेका छन् । 

अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार आईसीयूमा उपचाररत तिलोत्तमा नगरपालिका ५ का पुरुषको बिहीबार बिहान ७ बजेर ४५ मिनटमा मृत्यु भएको हो । उनी २४ गते अस्पताल भर्ना भएका थिए ।

एचडीयूमा उपचाररत तिलोत्तमा १३ का २७ वर्षे पुरुषको गएराति ८ बजेर १५ मिनटमा मृत्यु भएको हो ।

दुवैजनामा निमुनिया र श्वासप्रश्वासको समस्या रहेको डा. गौतमले बताए । 

अमृता अमृता अनमोल कान्तिपुर टेलिभिजनकी रुपन्देही संवाददाता हुन् । उनका रिपाेर्टिङ र लेख मुलत: महिला, बालबालिका र भुइँ तहका नागरिकका समस्यामा केन्द्रीत हुन्छन् ।

Link copied successfully