धनकुटामा ‘कथाकुञ्ज’ लोकार्पण

सामाजिक अगुवा तथा साहित्यकार शारदाप्रसाद मिश्रले कथासंग्रहमा ‘बेलाको बोली’, ‘कस्तो संयोग’, ‘वियोगै वियोग’ र ‘फ्याँकेको अगुल्टो’ शीर्षकका चार कथा समेटेका छन्।

चैत्र १०, २०८२

विनोद घिमिरे

'Kathakunj' inaugurated in Dhankuta

धनकुटा — सामाजिक अगुवा तथा साहित्यकार शारदाप्रसाद मिश्रद्वारा लिखित कथासंग्रह ‘कथाकुञ्ज’ लोकार्पण गरिएको छ। धनकुटाको विश्रान्ति वृद्धाश्रम परिसरमा मंगलबार आयोजित कार्यक्रममा उक्त कृति सार्वजनिक गरिएको हो।

विश्रान्ति मन्दिर व्यवस्थापन समिति को १८औँ साधारण सभासँगै संयुक्त रूपमा सम्पन्न कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मी, स्वामी विजयानन्द सरस्वती तथा जिल्ला प्रहरी प्रमुख एसपी सरदकुमार थापा क्षेत्री लगायतले संयुक्त रूपमा कृतिको लोकार्पण गरेका थिए।

लेखक मिश्रले उक्त कथासंग्रहमा ‘बेलाको बोली’, ‘कस्तो संयोग’, ‘वियोगै वियोग’ र ‘फ्याँकेको अगुल्टो’ शीर्षकका चार कथा समेटेका छन्।

विसं १९९७ चैत १२ गते धनकुटाको कचिडेमा जन्मिएका मिश्र हाल विश्रान्ति मन्दिर व्यवस्थापन समितिका अध्यक्षसमेत हुन्। उक्त कृतिमार्फत उनले सामाजिक यथार्थ र जीवनका विविध पक्षलाई कथामार्फत प्रस्तुत गर्ने प्रयास गरेका छन्।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully