रेडियो धनकुटा एफएमको संयोजन रहेको १५ हजार रुपैयाँ राशिको चियासँग कविता धनकुटा साहित्य रत्न पुरस्कार कवि घनश्याम बराल औलालीलाई प्रदान गरिएको छ ।
धनकुटा — धनकुटामा स्थानीय साहित्यको प्रवर्द्धनका लागि सुरु गरिएको साहित्यीक कार्यक्रम चियासँग कविताको एक वर्ष पूरा भएको छ । हरेक हप्ताको शुक्रबार संचालन हुने चियासँग कविता कार्यक्रमको पहिलो वार्षिकोत्सवमा साहित्य स्रष्टा र पत्रकारलाई पुरस्कृतसमेत गरिएको छ ।
रेडियो धनकुटा एफएमको संयोजन रहेको १५ हजार रुपैयाँ राशिको चियासँग कविता धनकुटा साहित्य रत्न पुरस्कार कवि घनश्याम बराल औलालीलाई प्रदान गरिएको छ । पाँच हजार राशिको चियासँग कविता युवा साहित्य पुरस्कारबाट कवि तथा मूर्तिकार मञ्जुल मितेरी र पाँच हजार राशिको चियासँग कविता नवप्रतिभा पुरस्कारबाट कवि दृष्टि श्रेष्ठलाई सम्मान तथा पुरस्कृत गरिएको हो ।
कार्यक्रममा पत्रकार ईश्वर थापालाई पाँच हजार रुपैयाँले पुरस्कृत गरिएको छ । पहिलो वार्षिकोत्सवको अवसरमा चियासँग कविता नामक पुस्तकसमेत लोकार्पण गरिएको छ ।
