टलक्क टल्किने जुत्ता, घडीदेखि सुकिला लुगा उपहारमै लिएर भए'नि ऊ राम्ररी ठाँटिएको छ काम गर्दिन्छु भन्दै कयौँलाई झुलाउँदै गोजीभरि दाम राख्न पनि त ऊ पल्केको छ दुई चार जना सोझा निमुखालाई भविष्य बनाइदिने आस देखाएर आफ्नो पछि लगाएको छतैपनि ऊ नेता कहलिएको छ।
ooo
उसले नचिनेको कोही छैन सुरक्षा, न्यायालय, मन्त्रालय तथा सरकारी सम्पूर्ण निकाय लाग्छ उसले जेबमा राखेको छ
news-wrap-secफुर्ती यसरी लाउँछ कि दाम दिए उद्योग, बाटो, पुल, विश्वविद्यालय, कलकारखाना,बैंकको काम चुट्कीमा सबै सबै मिलाइदिन्छु भन्छ
होस्टेमा हैँसे गर्ने केही झोले लिएर हिँडेको छ कसैले केही विरोध गरे जेलमा सडाइदिने धम्की पनि समय समयमा दिने गरेको छ
तैपनि ऊ नेता कहलिएको छ।
ooo
बाटोघाटो पुलेसो देखि राजदूत कुनै नियुक्ति होस् अस्पताल,स्कुल र खाद्य, नुन–तेल यातायात कतै बाकि राख्दैन
news-wrap-secसानोतिनोमा उसको आँखा नै जाँदैन किन नहोस् चुनावका लागि जित्ने गरी खर्च उठाउने कसम पनि त उसले खाएको छ
व्याजसहित फिर्ता लिने भाखा स्वरूप परेको बेला पछि लागेको कयौँ झोलेहरूको गर्ज पनि त कहिलेकाहीँ टार्ने गरेको छ
तैपनि ऊ नेता कहलिएको छ।
ooo
ऋण सापट गरी अन्य मुलुक जान लागेको बेरोजगार युवाहरूसँग कमिसन खान पनि पल्केको छ
news-wrap-secघरबाट निस्केदेखि श्रम स्वीकृति होस् पासपोर्ट बनाउन होस् या एयरपोर्ट छिराउन होस् गौडा गौडामा माल आउँछ भन्ने राम्रै बुझेको छ
रोजगारी दिलाइदिए भन्दै गाउँमा डिग्री पिटेको छ पार्लरदेखि पसल सम्मको उद्घाटन गर्दै हिँड्ने ऊ सिरक डस्ना कम्बल केही जोर लुगा फाटो हस्तान्तरण गर्न व्याकुल भइ ऊ मुख्य अतिथिको रूपमा पनि देखिएको छ
news-wrap-secतैपनि ऊ नेता कहलिएको छ।
ooo
के बोले, के भने, के बाचा गरे भन्ने रत्तीभर ठेगान नभएको लाज पचाएको ऊ मिडियामा पनि राम्रै छाउन जानेको छ
कहिले कुनै न कुनै मिडियाको कभरेजमा आउन क्यामराको कुन एङ्गलबाट र कसरी हुन्छ भन्ने पनि राम्रै व्यवस्था मिलाएको छ
भ्रष्टाचार,कालोबजारी,महँगी र चलखेल गर्दै कहिले जेल परेको छ अनि छुट्दासाथ अबिर माला लगाइदिने झोलेहरूको साथ पनि पाएकै छ
news-wrap-secतैपनि ऊ नेता कहलिएको छ।
ooo
देशका भावी पीढीहरू 'जेन जी, अल्फा'हरूको भविष्यको उसलाई बाल मतलब छैन किनकि आफ्ना छोरा छोरी विदेशमा उसले पढाएको छ
नेता गिरीमा केही हात नलागे के भो त उसलाई आफ्नो बुढेसकाल ढुक्क पारी परदेशमा जीवन बिताउने निधो उसले गरेको छ
इतिहासमा नाम नभएर पो के भो गुगलमा खोज्दा भ्रष्टाचार, अन्याय, अत्याचारमा उसले आफ्नो नाम दर्ज गराएको छ
news-wrap-secतैपनि ऊ नेता कहलिएको छ ।
ooo
नेता कहलिएको छ ।
ऊ नेता कहलिएको छ।।।
– असार १६ ,२०८२
