पानीको बहाव बढेपछि ब्यारेजमा खतराको संकेतस्वरुप रातो झण्डा र बत्ती बालिएको छ भने नदी आसपास बसोबास गर्नेलाई सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
राजविराज — निरन्तरको वर्षाले कोसी नदीमा पानीको बहाव २ लाख क्यूसेक नाघेको छ । नदीमा बिहान ८ बजे १ लाख ७६ हजार ३०५ क्यूसेक मापन गरिएको थियो । आइतबार दिउँसो ४ बजे भने बढेर २ लाख ९ हजार ८४० क्यूसेक पुगेको हो ।
पानीको बहाव बढेसँगै ब्यारेजमा ५६ मध्ये २८ वटा ढोका खोलिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी हेमराज घिमिरेले जानकारी दिए । उनका अनुसार त्यसअघि दिउँसो ३ बजे पानीको बहाव १ लाख ९० हजार ३ सय ९० क्यूसेक मापन गरिएको थियो ।
पानीको बहाव बढेपछि ब्यारेजमा खतराको संकेतस्वरुप रातो झण्डा र बत्ती बालिएको छ भने नदी आसपास बसोबास गर्नेलाई सतर्कता अपनाउन अनुरोध गरिएको छ ।