वडाध्यक्ष प्रहरीको नियन्त्रणमा

टथेनहाङको २०८१ असार १३ गते राति वडाध्यक्ष आङदेम्बेकै घरमा सुतिरहेको अवस्थामा निधन भएको थियो ।

असार २३, २०८३

लक्ष्मी गौतम

Ward chairman under police control

पाँचथर — पाँचथरको फाल्गुनन्द गाउँपालिका ७ का वडाध्यक्ष देउकुमार आङदेम्बे पक्राउ परेका छन् । उनलाई २ वर्षअघि मृत्यु भएका स्थानीय टथेनहाङ आङदेम्बेको मृत्यु प्रकरणमा छानबिनका लागि नियन्त्रणमा लिएको पाँचथर प्रहरीले जनाएको छ । 

टथेनहाङको २०८१ असार १३ गते राति वडाध्यक्ष आङदेम्बेकै घरमा सुतिरहेको अवस्थामा निधन भएको थियो ।

वडाध्यक्षकै घरमा बस्दै आएका टथेनहाङको मृत्यु प्रकरणमा घटनालगत्तै प्रहरी निरीक्षक बिनालाल साह नेतृत्वका प्रहरीले एक महिनासम्म अनुसन्धान गरे पनि हत्या भएको नठहर्ने भन्दै पक्राउ गरेको थिएन ।

यसैविच मृतककी आमा लालकुमारी चेम्जोङले बयानका क्रममा वडाध्यक्षमाथि शंका लागेको बताएपछि जिल्ला प्रहरी कार्यालयमा हाजिर हुन बोलाएर नियन्त्रणमा लिइएको हो । उनका अनुसार वाडध्यक्ष आङ्देम्बेमाथि कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न मंगलबार नै पाँचथर जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरिएको पाँचथरका प्रहरी प्रमुख (प्रनाउ) अनिषकुमार कर्णले जानकारी दिए ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully