कोशी राजमार्गस्थित चानुवाबाट लेगुवातर्फ जाँदै गरेको को२त ४८९८ नम्बरको ट्याक्टरमा लुकाइछिपाइ लैजाँदै गरिएको अवस्था बरामद गरेको प्रहरीले जनाएको छ ।
धनकुटा — महालक्ष्मी नगरपालिका-६ माङमायाबाट प्रहरीले १७५ केजीभन्दा बढी लागुऔषध गाँजा बरामद गरेको छ ।
कोशी राजमार्गस्थित चानुवाबाट लेगुवातर्फ जाँदै गरेको को२त ४८९८ नम्बरको ट्याक्टरमा गाँजा लुकाइछिपाइ लैजाँदै गरिएको अवस्था बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरी चौकी लेगुवाबाट प्रहरी सहायक निरीक्षक गोविन्द दासको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त गाँजा बरामद गरेको हो ।
२२ वटा बोरामा राखिएको १७५ किलो ५७० ग्राम परिमाणको गाँजा, ट्याक्टर चालक १९ वर्षीय राजकुमार बयलकोटी र ढुवानी साधन समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।
