गृहमन्त्री सुधन गुरुङले आज धनकुटा सदरमुकामस्थित जिल्ला कारागार तथा प्रहरी कार्यालयको अनुगमन गर्नेछन् ।
धनकुटा — गृहमन्त्री सुधन गुरुङ धनकुटाको भेडेटारमा पुगेका छन् ।
गएराति अबेर भेडेटार पुगेका गृहमन्त्री गुरुङले जिल्लास्थित सुरक्षा निकायलाई निर्देशन दिएका छन् । साथै उनले त्यहाँस्थित इलाका प्रहरी कार्यालयको निरीक्षणसमेत गरे ।
उनले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासहित जिल्लास्थित सुरक्षा निकायलाई शान्ति सुरक्षा कायम गर्न र अपराध न्यूनीककरण साथै समसामियक विषयमा निर्देशन दिएका थिए । राति ९ बजे धरानबाट भेडेटार पुगेका गृहमन्त्री गुरुङले सुरक्षा निकायसँग भेटघाट गरेको प्रजिअ शर्माले जानकारी दिइन् ।
गएरातिदेखि भेडटारमा रहेका गुरुङले आज धनकुटा सदरमुकामस्थित जिल्ला कारागार तथा प्रहरी कार्यालयको अनुगमन गर्ने तालिका रहेको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पनि उनले निरीक्षण गर्नेछन् ।
