जिल्ला प्रशासन कार्यालय धनकुटाले महालक्ष्मी नगरपालिका ४ (साविक मुर्तिढुङ्गा–८) स्थायी घर भएका ४३ वर्षीय दोर्णराज काफ्लेलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनकुटामा पठाएको हो ।
धनकुटा — धनकुटा प्रहरीले दोहोरो नागरिकता र दुवै नागरिकताका आधारमा राहदानी लिएको आरोपमा एक जना लाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रशासन कार्यालय धनकुटाले महालक्ष्मी नगरपालिका ४ (साविक मुर्तिढुङ्गा–८) स्थायी घर भएका ४३ वर्षीय दोर्णराज काफ्लेलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनकुटामा पठाएको हो ।
काफ्लेले गलत उद्देश्य राखेर झुटा विवरण पेश गरेको, वास्तविक जन्ममिति लुकाई दोहोरो नागरिकता बनाएको तथा दुवै नागरिकताका आधारमा राहदानीसमेत लिएको भन्ने उजुरी परेको प्रहरीले जनाएको छ ।
सोही उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालयले बिहीबार प्रहरीको जिम्मा लगाएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको धनकुटा प्रहरीका सूचना अधिकारी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।