विराटनगरले खर्चियो ९ महिनामा ४० प्रतिशत बजेट

विराटनगर महानगरले चालु आवका लागि ३ अर्ब ६५ करोड ५९ लाख ८० हजारको संशोधित बजेट विनियोजन गरेको थियो ।

जेष्ठ १२, २०८३

पर्वत पोर्तेल

Biratnagar spends 40 percent of budget in 9 months

विराटनगर — विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्षको वैशाखसम्म ४० प्रतिशत मात्रै बजेट खर्च गरेको छ । 

महानगरले चालु आवका लागि ३ अर्ब ६५ करोड ५९ लाख ८० हजारको संशोधित बजेट विनियोजन गरेको थियो । 

जसमा चालुतर्फ १ अर्ब ८८ करोड १९ लाख ७६ हजार ५ सय, पुँजीगतर्फर् १ अर्ब ७२ करोड ४० लाख र वित्तीयतर्फ ५ करोड रुपैयाँ विनियोजन गरेको थियो । 

महानगरको आर्थिक शाखाका अनुसार चालु आवको वैशाखसम्म चालुतर्फ कुल चालु खर्चको ५५ दशमबल ०८ प्रतिशत अर्थात १ अर्ब ५२ करोड २१, पुँजीगततर्फ २२ दशमलव ७८ प्रतिशत अर्थात ३९ करोड २७ लाख १६ हजार र वित्तीयतर्फ ४९ प्रतिशत अर्थात २ करोड ४५ लाख बढी खर्च भइसकेको छ ।

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully