झण्डै २४ घण्टापछि सञ्चालनमा आयो भेडेटार–रविराके सडक

थुम्की क्षेत्रमा गएको पहिरो पन्छाएपछि सडक खुलेको हो ।

वैशाख २३, २०८३

विनोद घिमिरे

Bhedetar-Rabirake road reopens after nearly 24 hours

धनकुटा — हिलोसहितको लेदो र गेग्रान खस्दा मंगलबार साँझदेखि अवरुद्ध भेडेटार–रविराके सडकअन्तर्गत भेडेटार-नाम्जे खण्ड पुनः सञ्चालनमा आएको छ । थुम्की क्षेत्रमा गएको पहिरो पन्छाएपछि सडक खुलेको हो । 

सडक निर्माणको जिम्मा लिएको एप्को इन्फ्राटेक निर्माण कम्पनीले दिनभरको प्रयासपछि पहिरो पन्छाउँदै सडक खुलेको हो । सडक खुलेसँगै नाम्जे र भेडेटारतर्फ रोकिएका ढुवानीका साधन तथा यात्रुवाहक सवारी गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।

उक्त क्षेत्रमा हाल सडक कालोपत्रे गर्ने तयारीस्वरूप सडक विस्तारको काम भइरहेको छ । निर्माणका क्रममा कमजोर बनेको भिरालो भागबाट पहिरो खस्दा पटक पटक सडक अवरुद्ध हुने समस्या देखिँदै आएको छ । यो सडक भएर इलाम र पाँचथरसम्मका यात्रु आवतजावत गर्छन् । 

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully