विद्यमान पाठ्यक्रमअनुसार दुई दिनको बिदाले पाठ्यभार पूरा गर्न नसकिने भन्दै आगामी वैशाख १३ गतेदेखि कक्षा सञ्चालन गर्ने तयारी गरेको गाउँपालिकाले जनाएको छ ।
काठमाडौँ — खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने भएको छ ।
विद्यमान पाठ्यक्रमअनुसार दुई दिनको बिदाले पाठ्यभार पूरा गर्न नसकिने भन्दै आगामी वैशाख १३ गतेदेखि कक्षा सञ्चालन गर्ने तयारी गरेको गाउँपालिकाले जनाएको छ ।
उक्त गाउँपालिकाका शिक्षा संयोजक तथा वडा नं ६ इन्द्रेणीपोखरीका वडाध्यक्ष वसन्त राईका अनुसार मन्त्रिपरिषद्को चैत १२ गतेको निर्णयअनुसार शनिबार र आइतबार सार्वजनिक बिदा दिने र २०८३ को शैक्षिक सत्र वैशाख १५ देखि भर्ना र वैशाख २१ गतेदेखि पठन–पाठन सञ्चालन गर्न शिक्षा तथा मानव श्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले चैत २६ गते निर्देशन दिएको थियो ।
तर विद्यमान पाठ्यक्रमले तोकेको पाठ्यभार पूरा गर्न नसकिने भएकाले मंगलबारको गाउँ शिक्षा समितिको निर्णयअनुसार अर्को व्यवस्था नभएसम्म वैशाख १० गतेसम्म भर्ना र १३ गते आइबारबाट विद्यालय सञ्चालन गर्ने तयारी गरिएको राईले सुनाए ।