उदयपुरको बेलकामा बसको ठक्करबाट एक जनाको मृत्यु

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी राजन चापागाईंका अनुसार सोमबार बेलुका बेलका नगरपालिका-९, रामपुरबाट सातपत्रेतर्फ जन्ती लिन जाँदै गरेको बसले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।

वैशाख ७, २०८३

राकेश नेपाली

One person dies after being hit by a bus in Belka, Udayapur

उदयपुर — बसको ठक्करबाट उदयपुरको बेलका नगरपालिका-३, नयाँटोलमा एक जनाको मृत्यु भएको छ । 

जन्ती लिन जाँदै गरेको प्रदेश ०१-०२-००२ ख ०१५८ नम्बरको बसले प्रदेश ०१-०२-०४५ प ८४४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सोमबार स्थानीय रोमन बस्नेतको घटनास्थलमै मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी राजन चापागाईंका अनुसार सोमबार बेलुका बेलका नगरपालिका-९, रामपुरबाट सातपत्रेतर्फ जन्ती लिन जाँदै गरेको बस र  मोटरसाइकल बस्नेतको घरनजिकै दुर्घटना भएको थियो । दुर्घटनामा संलग्न बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । 

राकेश राकेश कान्तिपुरका उदयपुर संवाददाता हुन् । उनी समसामयिक बिषयमा समाचार लेख्छन् ।

Link copied successfully