पाथीभरा क्याम्पसका उत्कृष्ट १२ विद्यार्थी पुरस्कृत

नेविसंघको स्थापना दिवसको अवसरमा शिक्षा शास्त्र, मानविकी तथा सामाजिक शास्त्र र व्यवस्थापन सङ्कायमा स्नातक तह पहिलोदेखि चौथो वर्षसम्ममा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको हो ।

वैशाख ६, २०८३

आनन्द गौतम

12 best students of Pathibhara Campus awarded

काठमाडौँ — पाथीभरा बहुमुखी क्याम्पसमा अध्ययनरत १२ विद्यार्थीलाई नेपाल विद्यार्थी संघ ताप्लेजुङले नगदसहित सम्मान गरेको छ ।

नेविसंघको स्थापना दिवसको अवसरमा शिक्षा शास्त्र, मानविकी तथा सामाजिक शास्त्र र व्यवस्थापन सङ्कायमा स्नातक तह पहिलोदेखि चौथो वर्षसम्मका उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको हो ।

क्याम्पस प्रमुख सजन पौडेलका अनुसार शिक्षाशास्त्र सङ्कायतर्फ पहिलो वर्षमा बृटनी थेवे, दोश्रोमा प्रतिमा सेन्दाङ, तेस्रोमा पुजा लिम्बू र चौथोमा डिल्लीबहादुर खातीले उत्कृष्ट अंक ल्याएका छन् । व्यवस्थापनतर्फ पहिलोमा जीवन सिं साउदेन, दोश्रोमा ङिमा शेर्पा, तेस्रोमा जमुना बराल र चौथोमा निर्मला पौडेलले उत्कृष्ट अंक ल्याएका छन् ।

यस्तै, मानविकीतर्फ पहिलोमा सुजाता दाहाल, दोश्रोमा विविका केदेम, तेस्रोमा खिमबहादुर पुन र चौथोमा पुनम माबो लिम्बुले उत्कृष्ट अंक ल्याएका छन् । नेविसंघका जिल्ला सभापति लोकेश लंवाका अनुसार जनही ५ हजारका दरले पुरस्कृत गरिएको छ । यसै वर्षबाट सुरु भएको यो अभियान आगामी वर्ष पनि निरन्तर चल्ने सभापति लंवाले बताए ।

नेविसंघले आइतबार ५७औं स्थापना दिवस मनाएको हो । 

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully