धनकुटाको सालघारी सामुदायिक वनमा आगलागी, नियन्त्रणको प्रयास जारी

अहिले आगो नियन्त्रणको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। आगो निभाउन प्रहरी निरीक्षक रामप्रसाद खनालको कमाण्डमा २० जनाको टोली खटिएको छ ।

चैत्र २५, २०८२

विनोद घिमिरे

Fire breaks out in Salghari Community Forest in Dhankuta, efforts to control it continue

धनकुटा — धनकुटा नगरपालिका-७ स्थित सालघारी सामुदायिक वनमा बुधबार दिउँसो आगलागी भएको छ।

अहिले आगो नियन्त्रणको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। आगो निभाउन प्रहरी निरीक्षक रामप्रसाद खनालको कमाण्डमा २० जनाको टोली खटिएको छ ।

नेपाल प्रहरी र स्थानीय बासिन्दाको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ। आगलागीबाट हालसम्म कुनै मानवीय वा चौपाया क्षति नभएको र बस्तीमा तत्काल जोखिम नरहेको बताइएको छ।

उक्त स्थान जिल्ला प्रहरी कार्यालय धनकुटाबाट करिब ५ किलोमिटर पूर्व–दक्षिणतर्फ पर्छ।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully