विद्यालयमा स्थापना गरिएको अक्षयकोषको व्याजबाट विद्यार्थीलाई पुरस्कृत गरिएको प्रधानाध्यापक दीपक भट्टराईले जानकारी दिए ।
ताप्लेजुङ — सिरिजङ्घा गाउँपालिका-२ को आम्बेगुदिन माध्यमिक विद्यालयले एकैदिन ५६ विद्यार्थीलाई पुरस्कृत गरेको छ।
विद्यालयमा स्थापना गरिएको अक्षयकोष रकमको व्याजबाट विद्यार्थीलाई पुरस्कृत तथा सम्मान गरिएको प्रधानाध्यापक दीपक भट्टराईले जानकारी दिए ।
विद्यालयले ७५ औं वार्षिकोत्सव कार्यक्रम समेत सम्पन्न गरेको छ । प्रधानाध्यापक भट्टराईका अनुसार गाउँका समाजसेवी, बुद्धिजिवी, शिक्षाप्रेमीले व्याज रकम हरेक वर्ष खर्च गर्नेगरी अक्षयकोष राखिदिएका छन् । यस्तो कोष १६ वटा रहेको छ । जेहेन्दार, उत्कृष्ट नतिजा ल्याउने, विपन्नलगायतका विभिन्न विधा अनुसार विद्यार्थीलाई पुरस्कृत गरिएको हो । अक्षयकोषको राशी १७ लाख रुपैयाँ रहेको छ ।
सिरिजङ्घा गाउँपालिकाका अध्यक्ष लालकृष्ण चौहानको उपस्थितिमा विद्यार्थीलाई नगद र सम्मानपत्र प्रदान गरिएको हो । वार्षिकोत्सवका अवसरमा उत्कृष्ट शिक्षक, अभिभावक र शिक्षा क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई पनि सम्मान गरिएको उल्लेख छ ।
