दिक्तेलमा निःशुल्क आँखा शिविर, ११ सय ३९ जनाले पाए उपचार

नेपाल नेत्रज्योति संघ खोटाङका सभापति इन्द्र कसजूका अनुसार शिविरमा आएका मध्ये ७ सय ७० जनालाई औषधि वितरण गरिएको थियो ।

चैत्र २१, २०८२

डम्बरसिं राई

Free eye camp in Diktel, 1,139 people received treatment

खोटाङ — दिक्तेलमा सम्पन्न निःशुल्क आँखा शिविरमा ११ सय बढीले उपचार पाएका छन् ।

नेपाल नेत्रज्योति संघ खोटाङको आयोजना तथा सगरमाथा आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा शनिबार सम्पन्न तीनदिने निःशुल्क आँखा शिविरमा १ हजार १ सय ३९ जनाले उपचार पाएका हुन् ।

नेपाल नेत्रज्योति संघ खोटाङका सभापति इन्द्र कसजूका अनुसार शिविरमा आएका १ सय ४९ जनाको आँखाको शल्यक्रिया, ४ सय ८५ जना ज्येष्ठ नागरिकलाई चस्मा वितरण, ७ सय ७० जनालाई औषधि वितरण र १ सय १५ जना शल्यक्रिया गरिएका बिरामीलाई कालो चस्मा वितरण गरिएको थियो ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully