कोशी सरकारबाट युवा उद्यमीले तीन करोडसम्म सहुलियत ऋण पाउने

नवप्रर्वतन कार्यक्रममार्फत प्रदेशका युवा उद्यमीलाई लक्षित गरी उदय परियोजना संचालन गरिएको प्रदेश सरकारले जनाएको छ ।

चैत्र २०, २०८२

अर्जुन सुवेदी

Young entrepreneurs will get soft loans of up to Rs 30 million from the Koshi government

What you should know

सुनसरी — कोशी प्रदेशमा युवा उद्यमीलाई लक्षित गरी ‘उदय परियोजना’ सुरु गरिएको छ । बिहीबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितमा इटहरीमा परियोजनाको सम्झौता गर्दै सुरुवात गरिएको हो । 

नवप्रर्वतन कार्यक्रममार्फत प्रदेशका युवा उद्यमीलाई लक्षित गरी उदय परियोजना संचालन गरिएको प्रदेश सरकारले जनाएको छ । परियोजनाको यो कार्यक्रममा लागनी गर्नका लागि कोशी प्रदेश सरकारले राष्ट्रिय बाणिज्य बैंक र नेपाल ग्लोबल आइएमइ बैंकलाई छनौट गरेर सम्झौता गरिएको हो । यी बैंकबाट साना, मझौला युवा उद्योगीले सहजै ३० लाखदेखि तीन करोडसम्म सहुलियत ब्याजदरमा ऋण पाउने छन् । यसका लागि प्रदेश सरकारले परियोजना मार्फत दुई साझेदार बैंकबाट करिब ८ अर्ब रुपैयाा ऋण लगानी गर्ने तयारी गरेको छ । 

स्विस सरकारको सहयोगमा उक्त परियोजनामार्फत नयाा साना तथा मझौला उद्यम गर्न चाहनेलाई लगानी गर्न लागिएको हो । यो सम्झौतापछि स्विस सरकारले ३० करोड र प्रदेश सरकारले ३० करोड गरेर ६० करोडको ‘ग्यारेन्टी फण्ड’ राखिनेछ । त्यस्तै १४ करोड रुपैयाँ प्रदेश सरकार र १४ करोड स्विस सरकारको सहयोगमा ‘च्यालेन्जिङ फण्ड’ पनि राखिने छ । यो प्रक्रियाबाट जाने ऋणमा बैंकले आवश्यक ठानेमा धितो नलिएर पनि ऋण प्रवाह गर्नेछ । कतिपय अवस्थामा यो परियोजनामार्फत आएका व्यक्तिले आफ्नो धितो बैंकले चाहेको भन्दा थोरै मात्रै पुर्‍याए पनि परियोजना राम्रो लागेमा सरकारको ग्यारेन्टीमा लगानी गर्न सक्ने यसको मुख्य विशेषता रहेको निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख रमेश घिमिरेले जानकारी दिए ।

यो परियोजनामार्फत आउने उद्यमीलाई परियोजनाका लागि आवश्यक सहजीकरण र ऋण लिनका लागि परियोजनाले सहयोग गर्नेछ । यो परियोजना अन्तर्गत करिब ८ अर्ब रुपैयाा कोशी प्रदेशको साना तथा मझौला उद्योग स्थापनाका लागि ऋण प्रवाह हुने र यसले कोशी प्रदेशको आर्थिक समृद्धिमा सहयोग पुग्ने विश्वास सरकारले गरेको छ । 

सम्झौता पत्र हस्ताक्षर कार्यत्रममा कोशी प्रदेश सरकारका मुख्यमन्त्री कार्कीले राष्ट्रिय पुाजीको विकास गर्दै यसले यसले देशको कुल ग्राहस्थ उत्पादनमा समेत महत्वपूर्ण योगदान पुग्ने बताए । कोशी प्रदेश सरकारको अथक मेहनत र प्रयासपछि सुरु हुन लागेको यो परियोजनाबाट लाभ लिन नव युवाहरूलाई मुख्यमन्त्री कार्कीले आग्रह समेत गरे ।

पालिका र वडामा नयाँ–नयाँ रिसर्च गरेर त्यसको सम्भाव्यता अध्ययन गरी नयाा क्षेत्रमा लगानी गर्ने उद्यमीलाई पनि यो परियोजनाले सहयोग पुग्ने उनले बताए । कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री बिदुरकुमार लिङ्थेपले यसबाट कोशी प्रदेशको आर्थिक समृद्धि र विकासमा ठूलो टेवा पुग्ने बताए । कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) देवेन्द्र रमण खनाल र ग्लोबल आइएमई बैंक सीईओ शैलेन्द्र रेग्मीले परियोजनामा प्रदेश सरकारसँग सहकार्य गर्न पाएकोमा खुसी ब्यक्त गर्दै परियोजना लक्षित बर्गसम्म पुग्ने विश्वास ब्यक्त गरे । 

अर्जुन

Link copied successfully