ग्राहकको २ करोड रकम हिनामिना गर्ने कर्मचारी पक्राउ

बैंकका केही ग्राहकको रकम अनधिकृत रूपमा आफू अनुकूल प्रयोग गरेको भन्दै बैंकले नै त्रियुगा नगरपालिका–५ की सुनिता बानियाँविरुद्ध प्रहरीमा उजुरी दिएको थियो ।

चैत्र १७, २०८२

राकेश नेपाली

Employee arrested for embezzling Rs. 20 million from a customer

उदयपुर — ग्राहकको खाताबाट पैसा चोरेको आरोपमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक गाईघाट शाखाकी एक कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।  त्रियुगा नगरपालिका–५ की सुनिता बानियाँलाई ग्राहकको २ करोड रकम हिनामिना गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो । 

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी राजन चापागाईंका अनुसार बानियाँले अनलाइन बेटिङ सट्टेबाजीका लागि उक्त रकम प्रयोग गरेको प्रहरीसमक्ष बयान दिएकी छिन् । 

पक्राउ परेकी बानियाँलाई नियन्त्रणमा लिएर बैंकिङ कसुर तथा ठगी सम्बन्धमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ । बैंकका २६ जना ग्राहकको रकम अनधिकृत रूपमा आफू अनुकूल प्रयोग गरेको चाल पाएपछि बैंकले नै बानियाँ विरुद्ध प्रहरीमा उजुरी दिएको थियो । बैंकको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको र यस कार्यमा अन्य क–कसको संलग्नता छ भन्ने विषयमा पनि अनुसन्धान भइरहेको एसपी चापागाईंले बताए ।

राकेश राकेश कान्तिपुरका उदयपुर संवाददाता हुन् । उनी समसामयिक बिषयमा समाचार लेख्छन् ।

Link copied successfully