असिनाका कारण फक्ताङलुङ गाउँपालिकाका सावादिन, खेजेनीम, लिङखिम, इखाबु लगायतका क्षेत्र प्रभावित भएको गाउँपालिकाका उपाध्यक्ष विकास साम्राले जानकारी दिए।
ताप्लेजुङ — हावाहुरीबाट सिदिङ्वा लगायतका स्थानमा ठूलो क्षति पुगेको ताप्लेजुङमा फेरि असिनाले पनि क्षति पुर्याएको छ।
असिनाका कारण फक्ताङलुङ गाउँपालिकाका सावादिन, खेजेनीम, लिङखिम, इखाबु लगायतका क्षेत्र प्रभावित भएको गाउँपालिकाका उपाध्यक्ष विकास साम्राले जानकारी दिए।
यता, सिरिजङ्गा गाउँपालिकाको सिकैंचा, मामाङखे, तेल्लोक लगायतका क्षेत्र पनि प्रभावित भएको स्थानीयले बताएका छन्। अहिले परेको असिनाले सुन्तला, कागती, जुनार लगायतका फलफूलका फूल झारिदिने र हाँगा भाँचिने हुँदा क्षति पुग्ने गरेको छ।
मकै, गहुँ, जौँ जस्ता अन्नबालीमा पनि क्षति पुगेको छ। यसअघि हावाहुरीबाट सिदिङ्वा गाउँपालिकामा मात्रै १४ घरमा पूर्ण र ११ घरमा आंशिक क्षति भएको थियो।
जिल्ला प्रहरी कार्यालयका अनुसार हावाहुरीबाट जिल्लाभरि १ करोड ५५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको थियो।