विश्रान्ति वृद्धाश्रमलाई कर्मचारी सञ्चय कोषले गर्‍यो १ लाख सहयोग

धनकुटा नगरपालिका वडा नं ९ मूलघाटस्थित विश्रान्ति वृद्धाश्रममा हाल ४० जना असहाय ज्येष्ठ नागरिक आश्रित रहेका छन्। वृद्धाश्रमले उनीहरूको पालनपोषण तथा हेरचाह गर्दै आएको छ।

चैत्र १०, २०८२

विनोद घिमिरे

Employees Provident Fund donates Rs 1 lakh to Vishranti Old Age Home

धनकुटा — जिल्लाको मूलघाटमा सञ्चालित विश्रान्ति वृद्धाश्रमलाई कर्मचारी सञ्चय कोषले एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। सञ्चय कोषको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत धनकुटा सेवा केन्द्रमार्फत उक्त रकम उपलब्ध गराइएको हो।

धनकुटा सेवा केन्द्रका प्रमुख झलकराज शर्माले विश्रान्ति आश्रम व्यवस्थापन समितिका अध्यक्ष शारदाप्रसाद मिश्रलाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। प्रमुख शर्माले सहयोग रकम केन्द्रीय कार्यालयबाट प्राप्त भए पनि शाखा कार्यालयमार्फत हस्तान्तरण गरिएको जानकारी दिए। उनले यस्ता सामाजिक कार्यले असहाय तथा ज्येष्ठ नागरिकको संरक्षणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

धनकुटा नगरपालिका वडा नं ९ मूलघाटस्थित विश्रान्ति वृद्धाश्रममा हाल ४० जना असहाय ज्येष्ठ नागरिक आश्रित रहेका छन्। वृद्धाश्रमले उनीहरूको पालनपोषण तथा हेरचाह गर्दै आएको छ।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully