खोटाङमा विद्युत् अवरुद्ध

उदयपुरको जलजले-बुइपा र सोलुबाट ल्याइएको केन्द्रीय प्रसारण लाइनसमेत अवरुद्ध भएपछि जिल्ला अन्धकार बनेको छ ।

चैत्र ७, २०८२

डम्बरसिं राई

Power outage in Khotang

खोटाङ — जिल्लामा शनिबार बेलुकीदेखि विद्युत् अवरुद्ध भएको छ । उदयपुरको जलजले-बुइपा र सोलुबाट ल्याइएको केन्द्रीय प्रसारण लाइनसमेत अवरुद्ध भएपछि जिल्ला अन्धकार बनेको छ । 

शनिबार बेलुकी ५ बजेतिर विद्युत् अवरुद्ध भएपछि जिल्लाका करिब ३० हजार उपभोक्ता मारमा परेका छन् । अवरुद्ध विद्युत् आइतबार बन्ने नेपाल विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रले जनाएको छ ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully