नेपाल सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको कार्यान्वयन तथा विश्व बैंकको आर्थिक सहयोगमा नगरपालिकाले तालिम आयोजना गरेको हो ।
धनकुटा — धनकुटा नगरपालिकामा किशोर तथा किशोरीहरूको सहभागितामा सामाजिक तथा वित्तीय सीप रूपान्तरणसम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सुरु भएको छ ।
नेपाल सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको कार्यान्वयन तथा विश्व बैंकको आर्थिक सहयोगमा नगरपालिकाले तालिम आयोजना गरेको हो । किशोर–किशोरीलाई लक्षित गरी सामाजिक र वित्तीय सीप हस्तान्तरण गर्न सक्षम प्रशिक्षक तयार गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।
तालिम उद्घाटन धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले गरे । लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि सञ्चालित एकीकृत सेवा पहुँच परियोजनाअन्तर्गत तालिम आयोजना गरिएको हो ।
परियोजना कार्यान्वयन इकाइका जीबीभी विज्ञ नुषराज श्रेष्ठका अनुसार तालिमपश्चात् नगर क्षेत्रका विद्यालयहरूमा किशोर तथा किशोरीलाई सामाजिक तथा वित्तीय सीपसम्बन्धी कक्षा सञ्चालन गरिनेछ । तालिममा धनकुटा नगरपालिकाका सबै १० वटै वडाबाट २६ जना सहभागी छन् ।
तालिम आगामी चैत १० सम्म सञ्चालन हुनेछ ।
