उदयपुरमा गुडिरहेको बसबाट खसेर स्कुले बालकको मृत्यु

बुधबार दिउँसो विद्यार्थीहरुलाई घर पुर्‍याउने क्रममा बेलका आदर्श शिशु सदन बोर्डिङ स्कुलको बसबाट खसेर ९ वर्षीय बालक सफल बस्नेतको मृत्यु भएको हो ।

चैत्र ४, २०८२

राकेश नेपाली

Schoolboy dies after falling from moving bus in Udayapur

उदयपुर — गुडिरहेको बसबाट खसेर उदयपुरको बेलका नगरपालिका-४ हरिपुर सिशवारीमा स्कुले बालकको मृत्यु भएको छ । बुधबार दिउँसो विद्यार्थीहरुलाई घर पुर्‍याउने क्रममा बेलका आदर्श शिशु सदन बोर्डिङ स्कुलको बसबाट खसेर ९ वर्षीय बालक सफल बस्नेतको मृत्यु भएको हो ।

जहडाबाट हरिपुरतर्फ जाँदै गरेको को १ ख ३५१६ नम्बरको बसबाट खसेका बस्नेतलाई बसको टायरले किचेपछि घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक बालक सोही विद्यालयमा अध्ययनरत थिए ।

शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा पठाइएको छ । बस चालक बेलका-८ सिसौलीका प्रेम तामाङलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी राजन चापागाईंले बताए ।

राकेश राकेश कान्तिपुरका उदयपुर संवाददाता हुन् । उनी समसामयिक बिषयमा समाचार लेख्छन् ।

Link copied successfully