खोटाङको केपिलासगढीमा हेलिकोप्टर दुर्घटना, एक जनाको खुट्टा भाँच्चियो

खोटाङकी प्रमुख जिल्ला अधिकारी रेखा कँडेलका अनुसार काठमाडौँबाट शव लिएर आउँदै गरेको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना परेको हो।

चैत्र ४, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — खोटाङको केपिलासगढी गाउँपालिका वडा नं. २ मा हेलिकोप्टर दुर्घटना भएको छ। 

खोटाङकी प्रमुख जिल्ला अधिकारी रेखा कँडेलका अनुसार काठमाडौँबाट शव लिएर आउँदै गरेको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना परेको हो।

कान्तिपुरसँग उनले भनिन्, ‘हामीले बुझ्दा युकेमा बित्नु भएका आफन्त हेलीमा हुनुहुँदो रहेछ। केपिलासगढी–२ मा सानो दुर्घटना भएर एक जनाको खुट्टा भाँचिएको भन्ने जानकारी आएको छ।’

घटनाको विस्तृत विरण आउन बाँकी छ।

कान्तिपुर

Link copied successfully